दफा १६
दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिने
(१) नर्सिङ्ग व्यवसाय गर्न चाहने तोकिएबमोजिमको न्यूनतम योग्यता प्राप्त गरेका नर्सिङ्ग व्यवसायीले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही दर्ता किताबमा नामदर्ता गराउन परिषद्मा तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ भएका बखत नर्सिङ्ग व्यवसाय गरिरहेका नर्सिङ्ग व्यवसायीहरुले दर्ता किताबमा नामदर्ता गराउन यो ऐन प्रारम्भ भएको मितिले ६ महीनाभित्र उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम नामदर्ता गराउन दरखास्त दिने नर्सिङ्ग व्यवसायीले दरखास्तसाथ आफनो योग्यता सम्बन्धी प्रमाणपत्र, र तोकिए बमोजिमको अन्य कागजात तथा दस्तुर संलग्न गर्नु पर्नेछ ।